FAQs Complain Problems

नोबेल कोरोना भाइरस (COVID-19) रोकथामा स्थानीय यूवाहरु परिचालन

बाजुरा जिल्लाको हिमाली गाउँपालिकाले नोबेल कोरोना भाइरस अर्थात (COVID-19) रोकथाम तथा नियन्त्रण गर्न यस हिमाली गाउँपालिकासँग जोडिएका मुख्य सीमा तथा नाकाहरु वडा नं. १ मा मैतर्ना पुल, वडा नं. २ मा नुरीकाँद (काँडागाउँ), वडा नं. ३ मा मासपुर बड्डी साँघु र जौलीखोला, वडा नं. ४ मा लेब्डी पुल र तिथीचौर पुल,  वडा नं. ५ कुवाडी पुल, वडा नं. ६ झुगला पुल, पाँडीकाँद, रापानी हुनीखोला,  र वडा नं. ७ मा पादुका नाका चुली गाड, अर्थगेचौर पुल र वाई पुलमा गरी जम्मा २८ जना स्थानीय यूवा परिचालन गर्ने  र सोही स्थानमा खटिने यूवाहरुलाई उचित पारिश्रमिक व्यवस्था गर्ने कुरा गाउँपालिका अध्यक्ष गोविन्द बहादुर मल्लले बताउनु भएको छ । गाउँपालिकासँग स्थानीय यूवाहरुसँग वडा अध्यक्षहरुसँग सम्झौता गरी गाउँपालिकाका क्षेत्रमा हुने आवतजावत पूर्णरुपमा रोकिने कुरा

हिमाली गाउँपालिका कार्यालयका नि.प्रमुख प्रशासकिय अधिकृत जनक बहादुर शाहीका अनुसार हिमाली गाउँपालिकाको सबै सीमा नाकाहरुमा स्थानीय यूवाहरु परिचालन गरिने र विश्वव्यापी रुपमा फैलिएको नोबेल कोरोना भाइरस (COVID-19) रोग विरुद्ध रोकथाम तथा नियन्त्रण गर्नका सबै नागरिकले सङ्घिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले विभिन्न समयमा गरेका परिपत्र र कानूनको सबै नागरिकहरुले सही पालना गरेमा लकडाउनको अवस्थालाई पूर्णरुपमा पालना गर्न र गराउन सकिने कुरा बताउनु भएको छ ।

विश्वव्यापी महामारीरुपमा फैलिएको नोबेल कोरोना भाइरस अर्थात (COVID-19)  रोकथाम तथा नियन्त्रण गर्न  प्रथम चरणको औषधी भनेकै पूर्णरुपमा लकडाउनको पालना गरी सबै नागरिकहरुले अनुशासित भई आफु रहेकै स्थानमा रहनुका साथै अत्यावश्यक काम बाहेक घरभन्दा बाहिर ननिस्कने, अनिवार्यरुपमा साबुन पानीले मिचिमिचि हात धुने, पोसिला खानेकुरा खाने, सामान्य स्वास्थ्य समस्यामा देखिएमा नजिकको स्वास्थ्यमा संस्थामा जाने अर्थात् टेलिफोनको प्रयोगबाट स्वास्थ्य परामर्श सेवा लिन सकिने कुरा स्वास्थ्य शाखा प्रमुख राज बहादुर भण्डारीले बताउनु भएको छ ।

 

 

 

आर्थिक वर्ष: