FAQs Complain Problems

हिमाली गाउँपालिकाकाे वेवसाइटमा स्वागत छ ।

बाजुरा जिल्लाको  जिल्ला सदरमुकाम मार्तडीबाट करिब ७५  कि मी टाढा उत्तर पुर्वि  दिशामा रहेको यस हिमाली गाउँपालिकाको कुल क्षेत्रफल ८३०.३४ वर्ग कि मी रहेको  छ । समुन्द्री सतहदेखी करीव १२०० मिटरदेखी ६४०० मिटरसम्मकाे उचाइमा रहेकाे छ । गाउँपालिका भाैगाेलीक अवस्थितिका  हिसावले हेर्दा २९ डिग्री २८  मिनेट ५० सेकेन्ड उत्तरदेखी २९ डीग्री ५७ मिनेट १० सेकेन्ड उत्तरी अक्षांश र ८१ डीग्री २९ मिनेट ४० सेकेन्ड पुर्व देखी ८१ डीग्री ४७ मिनेट ४० सेकेन्ड पुर्वी देशान्तरमा फैलीएकाे छ । यस गाउँपालिकाकाे सिमाना पुर्वमा मुगु जिल्ला , पश्चिममा वझांङ  जिल्ला , उत्तरमा हुम्ला जिल्ला र दक्षिणमा बुढीनन्दा नगरपालिका रहेकाे छ ।