FAQs Complain Problems

गोविन्द बहादुर मल्ल

टोल: 
फैती
फोटो: 
मोबाईल: 
९८५८०२१५२१
लिङ्ग: 
पुरुष
आमाको नाम: 
महेश्वरी मल्ल
बाबुको नाम: 
बद्री बहादुर मल्ल
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
लक्ष्मी देवी मल्ल
मातृ भाषा: 
नेपाली
शैक्षिक योग्यता: 
माध्यामिक तह (कक्षा ९ देखि १२ सम्म)
अध्ययनको विषय: 
सामाजिक सेवा
राजनीतिक दल: 
नेपाली काँग्रेस
विदेश भ्रमण: 
दक्षिण कोरिया
अन्य: 

दक्षिण कोरिया,चीन र भारतमा भ्रमण गरिसक्नु भएको छ ।

वडा नं: 
स्थानीय तहको प्रकार: 
गाउँपालिका
जिल्ला: 
बाजुरा
प्रदेश: 
सुदुरपश्चिम प्रदेश
पद: 
प्रमुख/अध्यक्ष
अध्ययन संस्था: 
मालिका माध्यमिक विद्यालय मार्तडी बाजुरा
अध्ययन गरेको देश: 
नेपाल
राजनीतिक अनुभव: 

विगत देखि नेपाली काँग्रेस प्रति आस्थावान भएका गोविन्द बहादुर मल्ल  विगत १० वर्षसम्म नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराको सदस्य पदमा काम गर्नु भयो । मिति २०७२ साल देखि जिल्ला कार्य समितिको उप-सभापती पदका कार्यावाहक रहनु भएको छ । देशमा विभिन्न समयमा भएका आन्दोलन भई देशले संघियता पाएपछि नेपाल सरकारले स्थानीय सरकार सञ्चालन ऐन, २०७४  जारी भयो । नेपालमा एउटा संघीय सरकार, ७ वटा प्रदेश सरकार र  753 वटा स्थानीय सरकार विभाजन भयो । नेपाल सरकारले स्थानीय तहको निर्वाचन घोषणा गर्‍यो । मिति २०७४।०३।१४ गते भएको स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्ष पदको टिकट लिएर नेपाली काँग्रेसको रुख चिन्ह मतदान छाप लिई अत्यधिक बहुमतले नेपाली काँग्रेसबाट गाउँपालिका अध्यक्ष पदमा विजय हाँसिल गर्नु भई हिमाली गाउँपालिकाको अध्यक्ष पदमा ५ वर्षको कार्यकाल रहने व्यवस्था छ ।

विगतको पेशा र अनुभव: 

बाजुरा जिल्ला साविकको रुगिन गा.वि.स.वडा नं.१ फैती हाल हिमाली गाउँपालिका वडा नं.४ फैती जन्म भएका गोविन्द बहादुर मल्ल एक किसानी घरपरिवारमा हुर्केका हुन् । सानो उमेरमा एकदम अध्ययनशिल,मेहेनतीशिल र मिजासिलो स्वभावका गोविन्द बहादुर मल्लले एस.एस.ली.सम्म पास गरेका हुन् । विद्यालय कक्षा अध्ययनसँगै लोकसेवा आयोगको परीक्षा दिएर आयोगको परिक्षा पास गरेर जिल्ला शिक्षा कार्यालय मार्तडीमा सिफारिस भई सो सेवा अवधि ११ वर्षसम्म नौकरी गरिसके पछि राजीना दिएर राजनीतिमा प्रवेश गर्नु भयो ।

जन्म मिति (वर्ष): 
२०१८
जन्म मिति (महिना): 
जन्म मिति (गते): 
२१