समाचार
संक्षिप्त परिचय
बाजुरा जिल्लाको सदरमुकाम मार्तडीबाट करिब ७५ कि मी टाढा उत्तर पुर्वि दिशामा रहेको यस हिमाली गाउँपालिकाको कुल क्षेत्रफल ८३०.३४ वर्ग कि मी रहेको छ । गाउँपालिका भाैगाोलिक अवस्थितिका हिसाबले हेर्दा २९ डिग्री २८ मिनेट ५० सेकेन्ड उत्तरदेखी २९ डिग्री ५७ मिनेट १० सेकेन्ड उत्तरी अक्षांश र ८१ डिग्री २९ मिनेट ४० सेकेन्ड पुर्व देखी ८१ डिग्री ४७ मिनेट ४० सेकेन्ड पुर्वी देशान्तरमा फैलीएको छ । यस गाउँपालिकाको सिमाना पुर्वमा मुगु जिल्ला, पश्चिममा वझांङ जिल्ला, उत्तरमा हुम्ला जिल्ला र दक्षिणमा बुढीनन्दा नगरपालिका रहेको छ।