FAQs Complain Problems

समाचार

नोबेल कोराना भाईरस (COVID-19) विरुद्ध लड्न हिमाली गाउँपालिकाले गर्‌यो स्वास्थ्य कर्मचारीहरुको व्यवस्था ।

बाजुरा जिल्लाको हिमाली गाउँपालिकाले स्वास्थ्य क्षेत्रका लागि २७ जना कर्मचारीलाई नियुक्ति गरेको छ । भौगोलिक विकटता तथा पिछडिएको क्षेत्रमा पर्ने  बाजुरा जिल्लाको हिमाली गाउँपालिका हुम्ला जिल्ला, मुगु जिल्ला र कालिकोट जिल्लासँग सिमाना जोडिएको गाउँपालिका हो ।

गाउँपालिका अध्यक्ष गोविन्द बहादुर मल्लका अनुसार हिमाली गाउँपालिकामा जम्मा ७ वडाहरु रहेकोमा हाल जम्मा २ वटा स्वास्थ्य चौकीमात्र रहेका तथा अस्पताल र डाक्टरको पहुँचबाट निकै टाढा रहेका एव जनताहरु स्वास्थ्य सेवाको पहुँचमा आउन  नसके परिस्थितिलाई मध्यनजर गर्दै सवै नागरिकहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउन एकै पटक २७ जना स्वास्थ्यकर्मी तथा सहयोगी कर्मचारी भर्ना लिइएको हो ।

हिमाली गाउँपालिका स्वास्थ्य शाखा प्रमुखका अनुसार विश्वव्यापीरुपमा फैलिरहेको कोराना भाईरस र गाउँपालिकाभित्र फैलिरहेको भाइरलजन्य मौसमी रुगाखोकी इन्फ्लुन्जाको महामारी नियन्त्रण गर्नेकामा सहयोग पुगोस भन्ने उद्देश्यले एकै पटक सवै वडामा स्वास्थ्यकर्मी तथा सहयोगीलाई नियुक्ति गरी परिचालन गर्न लागिएको हो ।

नेपाल सरकारको नीति तथा सविधानको धारा ३५ मा आधारभूत स्वास्थ्य सेवा नागरिकले निशुल्क पाउनु पर्ने मौलिकहकको व्यवस्थालाई कार्यान्वयन गर्न तथा स्वास्थ्य सबै नागरिकलाई उपलब्ध गराउन गाउँपालिकाको सबै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरी सञ्चालन गर्न गाउँपालिकाले यस्तो महत्वपूर्ण कदम अगाडी बढाएको कुरा गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत जनक बहादुर शाहीले बताउनु भएको छ ।

आर्थिक वर्ष: