समाचार
लिखित परीक्षा सञ्चालन सम्बन्धमा
श्री सम्बन्धित सम्पूर्ण उम्देवारहरु ।
उपरोक्त विषयका सम्बन्धमा यस गाउँपालिका अन्तरगत रहेका स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य सेवा संचालन गर्नको लागि स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको रिक्त पदपूर्ती छनौटको लागि मिति २०८०/०५/१७ गते गरिएको विज्ञापन अनुसार गाउँपालिकामा रितपूर्वक दरखास्त फाराम बुझाएका उम्मेदवारहरुको लिखित परीक्षा सञ्चालन तपशिलको मिति,समय र स्थानमा हुने भएकोले सम्बन्धित सम्पूर्ण उम्मेदवारहरुमा जानकारी गराईन्छ ।
प्रेमकला मल्ल
पदपूर्ती समिति सदस्य सचिव
तपशिल
मितिः- २०८०/०९/०१ गते
समयः- बिहान १०:०० बजे
स्थानः- हिमाली गाउँपालिकाको सभा हल ।